आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्दै निर्वाचन आयोग

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरूलाई आज चुनाव चिह्न प्रदान गर्ने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो ।

आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको थियो । शुक्रबार उम्मेदवारी फिर्ताको अवधि सकिएलगत्तै आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो ।

 


 

आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएको थियो । वैशाख ३० गते ७५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *