निर्वाचन अवधिभर मदिरा बिक्रीमा प्रतिबन्ध लगाउन प्रमुख निर्वाचन आयुक्तको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन अवधिभर मदिरा बिक्रीमा प्रतिबन्ध लगाउन प्रस्ताव हरेका छन् ।

पत्रकारहरुका लागि आयोजित अभिमुखीकरणा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दलबीच उक्त प्रस्ताव गरिएको बताएका हुन् ।

उनले निर्वाचनको मौन अवधि सुरु भएदेखि नसकिँदासम्म मदिराजन्य पदार्थको बिक्री वितरणमा बन्देज लगाउन प्रस्ताव ल्याएको बताएका छन् ।

‘मौन अवधि भनेको सबैजना चुप लागौं भन्ने हो तर हामीकहाँ मौन अवधिमै सबैभन्दा धेरै चलखेल भएको पाइन्छ ।

प्रमुख आयुक्त थपलियाले भने, ‘त्यस्तो चलखेलमा मदिरा मुख्य कारक हो भन्ने लागेर मौन अवधिका बेला देशभर मदिरा बिक्री वितरण नगर्न/नगराउन हामीले प्रस्ताव गरेका छौं ।’

निर्वाचनमा मौन अवधि मतदान सकिनुपूर्वको ४८ घण्टा हुन्छ । थपलियाले घण्टामा मदिराभन्दा लोकतन्त्रको स्वाद मीठो हुने भन्दै भने, ‘४८ घण्टाको मदिराको स्वादभन्दा लोकतन्त्र र जनमतको स्वाद महत्त्वपूर्ण हो, त्यसैले उक्त अवधिमा मदिरा बिक्री वितरणमा बन्देज लागाउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *