स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के-के कागजपत्र चाहिन्छ?

काठमाडौं : स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते देशभरि हुँदैछ। निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले आवश्यक तयारी द्रूत गतिमा गरिरहेको छ। राजनीतिक दलहरु र आकांक्षी उम्मेदवारहरु पनि चुनावी अभियानमा होम्मिसकेका छन्।

तर आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन के-के कागजात आवश्यक पर्छ? निर्वाचन आयोगले यसबारे जानकारी दिएको छ। आयोगका अनुसार वडाअध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चार चिजको आवश्कता पर्ने उल्लेख गरेको छ।
आयोगका अनुसार नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित वडाको मतदाता मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, उम्मेदवारीको स्वघोषणा आवश्यक पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *