स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा नभए मुलुक दुर्घटनामा जान्छ : प्रमुख आयुक्त थपलिया

विराटनगर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुर्घटनामा जाने बताउनु भएको छ ।
उहाँले निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब निर्वाचनको मिति सार्ने काम कोही कसैबाट हुन नहुने पनि बताउनु भयो ।

निर्वाचन आयोग नेपालले विराटनगरमा आज (मंगलबार) आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त थपलियाले भन्नुभयो, ‘निर्वाचन प्लेनको उडानमा हैन, रकेटको गतिमा अघि बढेको छ । अब स्थगित गर्न खोजे मुलुक दुर्घटनामा जान्छ ।’
उहाँले जिल्ला जिल्लामा निर्वाचन अधिकृत तोक्ने र मतपत्र छाप्ने काम पनि पूरा भएको जानकारी दिनुभयो । सरकारले बैशाख ३० गतेलाई स्थानीय निकायको निर्वाचन घोषणा गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *