भोलिबाट निर्वाचन आचारसंहिता लागू हुनसक्ने

काठमाडौं । निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ ।

‘सम्भवतः आज/भोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्नेछ’ निर्वाचन आयोग उच्च स्रोतले संचार माध्यमलाई भन्यो, ‘निर्वाचन सुरु हुन करिबकरिब एक महिना बाँकी छ । अब भने आचारसंहिता लागू गर्न ढिलाई गर्नु हुदैन भन्ने हाम्रो निष्कर्ष हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *