आज ७९ दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज (मंगलबार) स्थानीय तहको निर्वाचनमा भाग लिने दलहरूसँग छलफल गर्दै छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने सबै राजनीतिक दलका अध्यक्ष वा नेतालाई छलफलमा बोलाइएको जानकारी दिए ।

बिहान साढे ११ बजे उनीहरूलाई छलफलका लागि बोलाइएको उनले बताए । राजनीतिक दलसँग निर्वाचन आचारसंहिताको पूर्ण पालनाबारे छलफल हुने उनको भनाई छ ।

आयोगले निर्वाचनमा भाग लिने ७९ दलसँग निर्वाचनका सम्बन्धमा हालसम्म भएका तयारीबारे जानकारी दिँदै निर्वाचन आचारसंहिताको पालनाका लागि प्रतिबद्धता लिन लागेको हो । विसं २०७४ को निर्वाचनमा पनि आयोगले राजनीतिक दलसँग निर्वाचन आचारसंहिता परिपालना गर्ने गराउने विषयमा प्रतिबद्धता लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *