निर्वाचन आयोग : देशभर १ करोड ७७ लाख ३३ हजार ७२३ स्थानिय निर्वाचनका मतदाता

काठमाडौं ! आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् ।निर्वाचन आयोगको आइतबार बसेको बैठकले अन्तिम मतदाता नामावली टुंगो लगाएको हो।

आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन्। यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १८३ जना मतदाता छन्। सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन्। सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ।

२०७४ सालको स्थानीय तहको चुनावमा १ करोड ४० लाख ७२ हजार ४२४ मतदाता थिए। तीमध्ये ७० लाख ७९ हजार १५३ पुरुष थिए भने ६९ लाख ९३ हजार १४४ जना महिला मतदाता थिए।जस अनुसार अघिल्लो स्थानीय तहको चुनावकोतुलनामायसपटकको चुनावमा ३६ लाख६१ हजार २९९ नयाँ मतदाता थपिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *