निर्वाचन आयोग : स्थानीय निर्वाचनका लागि दुई करोड मतपत्र छापिने

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दुई करोड मतपत्र छाप्ने भएको छ । विहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा आगामी स्थानीय निर्वाचनका लागि दुई करोड मत–पत्र छाप्ने जानकारी गराइएको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको जानकारी दिए । यसका साथै उक्त मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकेको पनि जानकारी गराइएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छाप्ने अर्यालले जानकारी गराए । आयोगका अनुसार आगामी स्थानीय निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *