निर्वाचन आयोग : स्थानीय तहको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति तय गरिएको छ । निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूचीअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता तय गरिएको हाे ।

आयोगको सूचीअनुसार उम्मेदवारी दर्ता गर्न २ दिनको समय छुट्याइएको छ । दुई दिनभित्र उम्मेदवारी दिएपछि उजुरी दर्ता, जाँचबुझ प्रक्रिया सकाइनेछ ।

१६ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिने आयोगले जनाएको छ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेका लागि समय दिइएको छ ।

१६ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने र १७ गते चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ । ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *