काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेको प्रति आपत्ति जनाउनु भएको छ । अखिल नेपाल महिलासँगले अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यसलाई अबिलम्ब सच्याउनु पर्ने बताउनु भएको छ ।
‘निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्ने भयो रे,’ पार्टि निकट महिला संघले आज आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘किन राख्ने ? यति हो भने कुन हिसाले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? कुन हिसाबले राख्ने हो ?’
अध्यक्ष ओलीले थप्नुभयो , ‘सबैतिर रुखै रुख देखुन भनेर हरियो राख्ने हो ? यदि निर्वाचन अयोगले त्यस्तो गरेको हो भने त्यो सच्याउनुपर्छ । हरियो हुँदैन ।’