एनसेलको शेयर खरिदबिक्री अध्ययन गर्न सरकारले बनायो उच्चस्तरीय समिति

काठमाडौं ! सरकारले एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ५ सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् ।

यो समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ ।