एनसेलको नेटवर्कमा देशभर समस्या

काठमाडौं ! निजी सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ। आज बिहानदेखि नै फोन नलाग्ने समस्या आएको हो। एनसेलमा बेला बेलामा नेटवर्क देखाएपनि फोन लाग्दैन। अहिलेसम्म समस्याको कारण एनसेलले खुलाएको छैन।

आज सार्वजनिक बिदा भएकाले नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीसँग सम्पर्क हुन सकेन। एनसेलले ट्वीटमा भने सेवामा समस्या आएको भनेर जानकरी गराएको छ। ‘समस्या सक्दो चाँडो समाधान हुनेछ, कृपया प्रतीक्षा गर्नु होला,’ एनसेलले लेखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *