विवादित नागरिकता विधेयक विरुद्ध राष्ट्रपतिको कदमको धनगढीमा स्वागत

कैलाली ! राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा धनगढीमा प्रदर्शन गरिएको छ। राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले धनगढीको पार्कमोडमा बुधबार साँझ प्रदर्शन सहित विवादित नागरिकता विधेयक सम्बन्धमा उहाँको निर्णयको स्वागत गरेका हुन्।

राष्ट्रपति भण्डारीले नागरिता विधेयक पारित नगरेको र देश फिजिकरण बन्नबाट रोकिएको भन्दै समर्थनमा प्रदर्शन गरिएको हो। उनीहरुले राष्ट्रपतिको समर्थन तथा गठबन्धनको विरोध गरेका छन्। राष्ट्रपति भण्डारीको निर्णयलाई सम्मान गर्दै प्रदर्शन गरिएको उनीहरुले बताएका छन्।

उनीहरुले राष्ट्रपति भण्डारीले नागरिता विधेयक पारित नगरि देशको स्वाभिमान बचाएको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि दिप प्रज्वलन समेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *