राष्ट्रियसभामा एमालेको विरोधका बिच सत्तापक्षको बहुमतले फेरि पास गर्‍यो विवादित नागरिकता विधेयक

काठमाडौं ! राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको विवादित नागरिकता संशोधन विधेयक राष्ट्रिय सभाले दोस्रो पटक पनि कुनै परिमार्जन नगरी बहुमतको बलमा शुक्रवार पारित गरेको छ।

राष्ट्रिय सभाको बैठकले प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको   विरोध र  फरक मतबीच सत्ता पक्षको बहुमतबाट नागरिकता विधेयक पारित गरेको छ।

संसदीय प्रक्रियाअनुसार राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा दिएपछि सभामुखले प्रमाणित गरेर विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने व्यवस्था छ। राष्ट्रपति भण्डारीले राष्ट्रिय हित अनुकुल संशोधन गरेर पास गर्न आग्रह गरेपनि सत्ता पक्षले भने बहुमतको बलमा फेरि पास गरेर द्वन्द निम्त्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *