विवादित नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले देशको स्वाभिमान जोगाउनुभयो : सचिव भट्ट

कैलाली ! नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्नु स्वागतयोग्य रहेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल कैलालीको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भट्टले यस्तो बताउनु भएको हो।

‘नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले देशको स्वाभिमान जोगाउनुभयो, कुनै पनि देशमा सिन्दुर हाल्ने वित्तिकै विदेशी बुहारीलाई नागरिकता दिने चलन छैन, हाम्रो देशमा मात्रै यस्तो राष्ट्रघाती कदम चालिएको छ’, नेता भट्टले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *