वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी पारित विधेयक देशको हितमा छैन : उपमहासचिव ज्ञावाली

काठमाडौं ! नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी पारित विधेयक देशको हितमा नभएको बताउनु भएको छ । नेपाली नागरिक सरह बिहे गरेर आउने वित्तिकै विदेशीलाई नागरिकता दिनु गलत भएको बताउनु भयो । वैवाहिक अंगीकृतलाई कुनै ‘सटेन’ अवधि नराखी तत्काल नागरिकता दिने गरी शुक्रवार संसदबाट रहस्यपूर्ण ढंगले विधेयक पारित भएको भन्दै यसले देशलाई ठूलो अप्ठ्यारोमा पार्ने उहाँले ठोकुवा गर्नुभयो ।

प्रेस चौतारी नेपाल, रूपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘रहस्यपूर्ण ढंगले विधेयक पारित गरिएको छ, विदेशी नागरिकलाई बिहे गरेर आउने वित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने पारित भएको विधेयक हाम्रो जस्तो देशका लागि घातक छ ।’

एमालेले विगतदेखि नै विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न चाहनेको लागि कुनै निश्चित समय राख्नुपर्छ भनेर भन्दै आएको उहाँले बताउनु भयो । ‘भारत, चीनलगायत सबै देशले ‘सटेन’ समय राखेका छन्,’ ज्ञवालीले भन्नुभयो, ‘हामीले बिहे गरेर आउने वित्तिकै नागरिकता दिने भयौँ । नागरिकता जस्तो संवेदनशील विषयमा विगतका सहमतिलाई पनि लत्याएर जुन रातारात विधेयक पारित गरियो यसले देशलाई अप्ठ्यारोमा पार्ने निश्चित छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *