नागरिक उन्मुक्ति पार्टीका संरक्षक र अध्यक्षसँग प्रधानमन्त्रीको भेटवार्ता : यस्ता छन् एजेण्डाहरु

काठमाडौं ! नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नु भएको छ। उहाँहरु बिच सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो।उक्त भेटमा चौधरीसँगै पार्टीकी अध्यक्ष एवं भूमि  व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो।

उक्त भेटवार्तामा सुदूरपश्चिम प्रदेशमा पूर्वसहमतअनुसार दुई मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने भन्दै चौधरीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ । दुई मन्त्रालय नपाएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छैन।

उहाँहरुले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेर निर्दोष थारुहरूलाई न्याय दिनुपर्ने कुरा राख्नु भएको जनाइएको छ। टीकापुर घटनामा थारुहरू अन्यायमा परेको भन्दै न्याय दिलाउन सरकारसँग मागपनि गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *