कैलालीमा एक युवकको घाँटी रेटेर हत्या

काठमाडौं ! कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर बीभत्स हत्या भएको छ । जानकी–९, का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको छ ।  घाँटी रेटेर शरीरबाट टाउकाे अलग गरिएको अवस्थामा उनको शव स्थानीय अमरावती सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले बताए ।

रुखको फेदमा बाँधेर नग्न बनाउँदै धारिलो हतियारले घाँटी छिनालिएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ । जङ्गलमा घाँस काट्न गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थल जङ्गलभित्र बाटोबाट करीब पाँच सय मिटर भित्र रहेको छ ।

अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रदेश अनुसन्धान समूहको टीम र जिल्ला प्रहरी कार्यालयको टोलि खटिएको छ ।

‘बीभत्स तरिकाले हत्या भएको देखिन्छ । हामीले घटना सम्बन्धी केही ‘क्लु’ भेटाएका छौँ । प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘अहिले अनुसन्धानकै क्रममा छौँ ।’ भारतमा मजदुरी गर्ने उनी करिब दुई महिनाअघि मात्र घर आएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उनका एक श्रीमती र छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *