अभियन्ता ईः लाई भेटिन् उपमेयर डंगोलले

काठमाडौं !  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अभियन्ता ‘ईः’लाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।

राष्ट्रियसभागृह अगाडि उभिएर महानगरकाे कार्यशैलीकाे विराेध गरिरहेका ‘ईः’लाई मंगलबार बिहान उपमेयर डंगोलले भेटेकी हुन्।

अभियन्ता ईः फुटपाथ व्यवसायीकाे उचित व्यवस्थापन गर्न माग गर्दै ८ दिन ( १६५ घण्टादेखि) राष्ट्रियसभा गृहअगाडि उभिइरहेका छन्।

उपमेयर डंगोलले आज त्यहाँ पुगेर आफ्नो स्वास्थ्यबारे जानकारी लिएको ई: ले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘८ दिन ( १६५ घण्टा) उभिएपछि उपमेयर सुनिता डंगोल बाहिर आएर हाम्रा समस्याबारे चासो र चिन्ता देखाउनु भयो। मेरो सुस्वास्थ्यको कामना गर्दै उहाँले सहानुभूतिपूर्ण शासनप्रति प्रतिबद्ध रहेको र सडक व्यवसायीहरूका लागि वैकल्पिक व्यवस्थाको नीति तयार गर्न सक्दो प्रयास गर्ने बताउनुभयो।’

मेयर शाहले चुनावको बेला गरेको वाचा सम्झाउन ईः राष्ट्रिय सभागृह अगाडि उभिइरहेका हुन्।