काठमाडौं महानगर – १६ मा कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । आज भएको प्रमुखस्तरीय निर्णयबाट उहाँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

आज नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष शिफारिस गर्ने निर्णय भएको थियो ।

वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *