टोखा नगरपालिकामा संचालनमा आयो नापी विभाग कार्यालय

काठमाडौं ! टोखा नगरपालिकामा नापी विभाग कार्यालयको उद्घाटन भएको छ। नगरवासीलाई जग्गा नापीका बिसयमा सरल र सहज सेवा प्रवाह होस भन्ने उद्देश्यका साथ उक्त विभागको संचालन गरिएको हो। विभागको उद्घाटन नगरप्रमुख प्रकाश अधिकारीले गर्नु भएको छ। उक्त नापी विभाग कार्यालय टोखा नगरपालिका वडा नं.२ मा अवस्थित छ।

विभागको उद्घाटन कार्यक्रममा  नगरप्रमुख  अधिकारीले  नगरवासीको नापी विभागका सम्पूर्ण कार्य अब टोखा नगरपालिका को वडा नं.२  बाट संचालन हुने पनि बताउनु भयो । यसले नगरबासीहरुलाई नापी सम्बन्धि कामहरुमा सहजता आउने उल्लेख गर्नु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *