केराबारी गाउँपालिकाका अध्यक्ष मिरिङचिङले आफ्नो कार्यकक्षमा राखे अखण्ड नेपालको नक्सा

काठमाडौं ! मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले अखण्ड नेपालको नक्सालाइ आफ्नो कार्यकक्षमा राख्नु भएको छ। अध्यक्ष मिरिङचिङले आफ्नो फेसबुक मार्फत फोटो सार्वजनिक गर्दै अखण्ड नेपालको नक्सा राखेको सार्वजनिक गर्नु भएको हो।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि आफ्नो कार्यकक्षमा अखण्ड नेपालको नक्सा राख्नु भएको थियो। अध्यक्ष मिरिङचिङको उक्त कार्यबाट समर्थकहरुले सकारात्मक कमेन्टहरु गरेका छन् । यस अघिपनि आफ्नो गाउँपालिकामा केही जनप्रीय काम गरेर अध्यक्ष मिरिङचिङ जनतामाझ लोकप्रिय हुनुहुन्छ।

केही दिनअघि भारतले आफ्नो नक्सामा नेपालको भुमी कपिलवस्तु र लुम्बिनी राखेकोले त्यसको काउन्टरमा नेपालका स्थानीय तहका प्रमुखहरुले अखण्ड नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्न थालेका छन् । केराबारी गाउँपालिकाका अध्यक्ष मिरिङचिङ गत स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *