ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले सार्वजनिक गर्‍यो आफ्ना बर्ष दिने उपलब्धिहरु

काठमाडौं ! ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ३० बुँदे प्रगति बिबरण प्रस्तुत गर्दै त्यसलाई बर्षदिन भित्रको मुख्य उपलब्धीको रुपमा उल्लेख गरेको छ ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले मुख्य उपलब्धी सार्वजनिक गर्दै उत्कृष्ट र नमूना गाउँपालिका बनाउने गरी कार्य सम्पादनको प्रकृयामा रहेको बताउनु भएको छ । उहाँका अनुसार निर्वाचित पदाधिकारीको एकबर्षे कार्यकालमा गाउँपालिकाभरीका घरधुरीमा घरायसी प्रयोजनका लागि बिद्युत निःशुल्क गरिएको छ । पालिका भित्रका सबै स्वास्थ्य संस्थाहरु निर्माण कार्य पूरा हुने चरणमा रहेको र निघुरादिन तथा फुलवारीका स्वास्थ्य संस्था निर्माण सम्पन्न भई नयाँ भवनबाटै सेवा आरम्भ भएको,वडापालिकाका प्रशासकीय भवन मध्ये वडा नं ३ हाङ्पाङको भवन निर्माण पूरा भई नयाँ भवनबाट प्रशासकीय सेवा सुरु भएको र बाँकी ४ वटा वडाको प्रशासकीय भवनको निर्माण सम्पन्न भई नयाँ भवनबाटै सेवा आरम्भ गर्ने प्रकृयामा रहेको पालिकाले जनाएको छ ।

आधुनिक र एकिकृत सेवा दिने गरी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा व्यवस्थापन सहित निर्माणको चरण प्रारम्भ भएको,पालिकाका कर्मचारीका लागि आवास भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको,पालिका स्तरीय १० शैयाको अस्पताल निर्माण कार्य तीव्र रुपमा अघि बढेको,पालिका भित्रका सामुदायिक बिद्यालयमा कक्षा १२ सम्मको अध्ययन पूर्ण रुपमा निःशुल्क गरिएको,लामो समय देखि मानसिक समस्या भोगीरहेका पालिकाका २ जनाको उद्धारगरी उपचारको व्यवस्था गरिएको,क्यान्सर पीडित,मेरुदण्ड पक्षघात तथा मृगौला प्रत्यारोपण गरी डाईलासिस गराईरहेका १५ बिरामीलाई मासिक ५ हजार रुपैयाँका दरले करिव ४ लाख रुपैंया बढी रकम प्रदान गरिएको,बिपन्न नागरिक सहयाताकोषमार्फत पालिकाका १० जना अति बिपन्नलाई १५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

यस्तै सुशासन प्रवद्र्धनका लागि ई–हाजिरी र डिजिटल नागरिक वडापत्र सहितका व्यवस्था गरिएको,शान्ति सुव्यवस्था तथा अपराधिक गतिविधि निगारानीका लागि कार्यालय परिसर र पालिकाका मुख्य नाकाहरुमा बुलेट सिसी क्यामेरा जडान गरिएको,सबै वडाहरुमा बर्थिङ सेन्टर स्थापना गर्ने नीति अनुरुप आवश्यक कर्मचारी र भौतिक उपकरण व्यवस्थापन गरिएको,प्रधानाध्यापकको जिम्मेवारीलाई थप प्रभावकारी बनाउन मासिक १ हजार ५ सय रुपैयाँका दरले थप प्रोत्साहन रकम उपलब्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले‘एक वडा,एक सामुदायिक भवन’ बनाउने नीति अनुरुप वडा नं ४ र ५ मा भवन निर्माण कार्य भइरहेको र वडा नं १ र २ मा बजेटको व्यवस्था गरी प्रकृया आरम्भ गरिएको,प्रत्येक वडामा खेल मैदान निर्माण गर्नेगरी पहिलो चरणमा वडा नं २ को महभीर खेल मैदान निर्माण सम्पन्न गरी चालू बर्षको राष्ट्रपति रनिङ शिल्डको पालिका स्तरीय प्रतियोगिता त्यहिँ सम्पन्न गरिएको,अवैध निकासीमा रहेका गोलिया तथा अवैधानिक ढंगबाट सञ्चालनमा रहेका क्रसर उद्योगलाई नियमन् गरिएको,पालिका भित्रका ७ जनालाई प्राविधिक बिषय निःशुल्क पढ्न पाउने व्यवस्था सहित जनही १ लाख रुपैयाँको छात्रबृत्ति प्रदान गरिएको,गाउँपालिका क्षेत्र भित्रका बिभिन्न सडकलाई स्तरोन्नती र सडक क्षेत्रमा अनिवार्य ढल तथा निकासको प्रवन्ध गरिएको समेत जनाएको छ ।

यस्तै गाउँपालिकाको स्रोत साधन र सोको उपयोगिता बृद्धिका लागि खर्च मापदण्ड तयार गरिएको,प्रशासनिक सुधार एवम् मितव्ययितालाई ध्यान दिईएको,सडक बत्तिलाई प्राथमिकता दिई पालिका केन्द्र,वडा कार्यालय र स्वास्थ्य चौकी जानेबाटोहरुमा सडकबत्ति जडान गरिएको,पालिकाका सेवालाई प्रभावकारी र आम नागरिकमा सेवा पहुँच स्थापित गर्न सहयाता कक्ष बनाईएको,स्थानीय भाषा जर्गेनाका लागि पालिकाका सबै वडाहरुमा स्थानीय भाषा शिक्षा लागु गरिएको,महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक जनही ५ सय रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउन थालिएको समेत गाउँपालिकाले जनाएको छ ।

यस्तै पालिकाका सबै वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालिएको,पालिका क्षेत्रका सबै बिद्यालयहरु बन्दमुक्त घोषणा गरी बन्दको समयमा बिद्यालय सञ्चालन गर्न थालिएको,गाउँ शिक्षा समितिको अगुवाईमा पालिका भित्रका माध्यमिक बिद्यालयमा मासिक रुपमा स्वास्थ्य परीक्षण गर्न थालिएको,प्रत्येक वडाका गाउँघर क्लिनिकबाट मासिक रुपमा एकपटक गर्भवती महिला र जेष्ठ नागरिकको स्वास्थ्य परीषण गर्न थालिएको,जेष्ठ नागरिक दन्त उपहार,निःशुल्क आँखा शिविर र चश्मा बितरण कार्यक्रम गरिएको,पालिकाको केन्द्र रहेको स्थान हाङ्पाङस्थित सरस्वती नमूना माध्यमिक बिद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म कृषि प्राविधिक बिषयको अनुमति लिई कक्षा सञ्चालन सुरु गरिएको तथा वडा नं १ निघुरादिनस्थित परमसिंह माविमा ११ र १२ कक्षा सञ्चालनको अनुमति प्रदान गरी कक्षा सुरु गरिएको जस्ता बिबरणलाई गाउँपालिकाले बर्षदिनको उपलब्धीको रुपमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *