काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
आज बुधबार एक सूचना प्रकाशित गर्दै महानगरले एक सय जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।
बैशाख १० को सूचना बमोजिम निवेदन प्राप्त भएका ३० जनालाई करार सम्झौता गराई काम लगाइने पनि महानगरले जनाएको छ ।