२६ वटा सहकारीलाई कारवाही गर्दै ललितपुर महानगर

काठमाडौं ! ललितपुर महानगरपालिकाले २६ वटा सहकारी संस्थालाई कारवाहीको तयारी गरेको छ । महानगरको उद्योग तथा सहकारी शाखाले ५ वर्ष वा सो भन्दा बढी समयसम्म प्रतिवेदन नबुझाउने सहकारीलाई कारवाहीको तयारी गरेको हो ।

ललितपुर महानगरपालिकाको सहकारी ऐन २०७५ को दफा २९ उपदफा (२) बमोजिम सहकारी संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र बोलाउनु पर्ने, दफा ५३ को उपदफा (१) बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ६ महिना भित्र संस्थाको कारोवारको लेखा परिक्षण गराउनु पर्ने तथा दफा ५१ को उपदफा (१) बमोजिमको विवरण शाखामा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

तर २६ वटा सहकारी संस्थाहरुले ५ वर्ष भन्दा बढी अवधिदेखि ऐनको माथि उल्लेखित प्रावधान अनुसार लेखा परिक्षण गर्ने, साधारण सभा गर्ने तथा विवरण बुझाउने कार्य गरेको नदेखिएको हुँदा महानगरले ति सहकारीलाई कारवाहीको तयारी गरेको हो ।

महानगरले आज सर्वजनिक सूचना जारी गर्दै  यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र संस्थाको वार्षिक साधारण सभा गरी लेखा परीक्षण प्रतिवेदन सहितको विवरण शाखामा बुझाई विवरण अध्यावधिक गर्न/गराउनु सूचित गरेको छ। सूचनामा तोकिएको समय भित्र उल्लेखित कार्य सम्पन्न नगरे नगराएमा महानगरपालिकाको सहकारी ऐन बमोजिम कारवाही हुने महानगरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *