नदी किनारका बस्ती ७ दिनभित्र हटाउन काठमाडौँ महानगरले दियो निर्देशन

काठमाडौं ! काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना तथा बसेका अनधिकृत बस्ती ७ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

महानगरले एक सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृतरुपमा कब्जा गरी भोगचलन गरिरहेका सबैलाई त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।

महानगरले पटकपटक अवगत गराउँदा पनि नहटेका संरचनालाई कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *