वीरेन्द्रनगरमा सुरु भयो अव्यवस्थित,भुमिहिन सुकुम्बासीका लागि जग्गा नापजाँचकाे काम

काठमाडौं ! वीरेन्द्रनगर नगरपालिकाले भूमिहिन दलित , अव्यवस्थित बसाेबासी तथा सुकुम्बासी समस्या समाधानकाे लागि शनिबारबाट ओेैपचारिक रुपमा नापजाँचकाे काम प्रारम्भ गरेको छ । उक्त कार्यको एक कार्यक्रमका बिच वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले औपचारिक उद्घाटन गरेकी हुन् ।

वडा नं १६ बाट प्रारम्भ गरिएको याे काम अब क्रमश सबै वडाहरुमा सुरु हुनेछ । ”वीरेन्द्रनगरलाई व्यवस्थित सहरको रुपमा विकास गर्ने हाम्रो प्रतिबद्धतामा निरन्तर लागिरहने छाै । याे काम अत्यन्त सजकताका साथ जिम्मेवारी पूर्णरुपले गर्नुपर्नेछ । याे कार्यमा हामीले सम्पूर्ण आदर्णिय नगरबासीकाे सहयोग , सल्लाह , सुझाव र साथकाे अपेक्षा गरेका छाै । करिब चाैध हजार फारम संकलन भएका छन् । सबै काम व्यवस्थित रुपले निति र विधि भित्र रहेर गर्नुपर्नेछ । सधै साथ सहयोगकाे अपेक्षा गरेका छाैं ।” – नगरप्रमुख ढकालले भनिन् ।               

Leave a Reply

Your email address will not be published. Required fields are marked *