अध्यक्ष दिपेन्द्र पोमुले संघिय मामिला मन्त्रालयलाई भने – हाम्रा कर्मचारी अविलम्ब फिर्ता गर

काठमाडौं ! ताप्लेजुङ स्थित आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्षले आफ्ना कर्मचारीलाई काज फिर्ता गरि गाउँपालिकामा पठाईदिन संघिय मामिला मन्त्रालयलाई पत्र लेखेका छन् । उनले लोकसेवा आयोगबाट सिफारिस भै आएका यस् गाउँपालिकाका विभिन्न सेवा सेवा समूहका कर्मचारीहरुलाई संघिय मामिला मन्त्रालयले विभिन्न मितिमा अन्य नगरपालिका/गाउँपालिकामा खटाएकोले यस गाउँपालिकामा कामकाज गर्न कठिनाई भैरहेको ध्यानाकर्षण गराएका छन्। अध्यक्ष दिपेन्द्र पोमु लिम्बुले आफ्ना कर्मचारीहरु तुरुन्त फिर्ता गरिदिन कार्यपालिकाको निर्णय गराई मन्त्रालयलाई पत्रपनि लेखेका छन्। अध्यक्ष दिपेन्द्र पोमु लिम्बुको फेसबुक स्टाटस र मन्त्रालयलाई लेखेको पत्र यस्तो छ:-

यसरी लापरवाही गरेर स्थानिय तहलाई कन्नाम बनाउन खोज्ने नेपाल सरकार लाई अनुरोध …… ।
हामी स्थानिय तहले यो पत्र पठाएको पनि छ महिना नाघेछ कर्मचारी काजमा पठाउने र राख्ने दरबन्दी पनि नदिने कर्मचारी पनि नदिने यो कुन तरिका हो ? नेपाल सरकार ? कि हामीलाई कर्मचारी फिर्ता पठाउनु पर्यो कि तत्काल दरबन्दी खालि पठाउनु पर्यो । आठराई त्रीवेणि गाउँपालिकाको दरबन्दी देखाएर अरु स्थानिय तहमा बसेर काम लगाउन कुन नियममा छ ? र कसरी स्थानिय तहले परिणाम निकाल्ने हो? अहिले पनि आठराई त्रीवेणि गाउँपालिकाको पाँच वटा वडामा दुई वटामा शिक्षक एउटामा स्वास्थ्य र अर्कोमा कृषिको कर्मचारीबाट वडा सन्चालन गर्न बाध्यछौ र शिक्षा साखामा पनि शिक्षक राखेर शाखा चलाउन बाध्यछौ र अन्य शाखा पनि त्यस्तै गाउँ गाउँमा सिहदरवार भने पनि अधिकार सिंहदरवार मा नै कायम राखेर स्थानिय तहलाई दरवार मात्र बनाउन अधिकार दिएर कन्नाम बनाउन खोज्या हो या के हो ? हामीलाई अरु केहि थाहा भएन तत्काल आठराई त्रीवेणि गाउँपालिकाको कर्मचारी वा खालि दरबन्दी पठाई सहयोग गरि दिन हुनको लागि अनुरोध छ र फेसबुकमा जोडिनु भएका सम्पुर्ण मित्रहरु पत्रकार मित्रहरु सबै जनाले आ -आफ्नो पहुँच अनुसारको सकारात्मक सहयोग गरिदिन हुन अनुरोध छ ।                                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *