दोधारा चाँदनीमा महिला समुहका पदाधिकारीहरुको अर्धवार्षिक समिक्षा सम्पन्न

काठमाडौ ! दोधारा चाँदनी नगरपालिकामा महिला समुहहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखा अन्तर्गत गठित महिला समुहहरुका सदस्यहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जनाएका छन् । दोधारा चाँदनी नगरपालिकामा दशै वटा वडामा छरिएर रहेका महिला समुहका ४० जना पदाधिकारीहरुले गोष्ठीमा सहभागी भएका छन् ।

ग्रामिण महिलाहरुलाई उनिहरुको जिवन स्तर उकास्न दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडाहरुमा महिला समुह गठन गर्दै उनिहरुलाई बिभिन्न खाले सिपमुलक कार्यक्रम तथा सामाजिक कार्यमा उत्प्रेरित तथा सहयोग गर्दै आएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताएका छन् । महिलाहरु शिक्षित भए घर परिवार शिक्षित हुने बताउदै दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख लिम्बुले अबका दिनहरुमा महिलाहरु चुल्हाचौकामा दिन बिताउने दिन गएको बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका समृद्धि र बिकासको लागी महिलाहरु जागरुक हुनु पर्नेमा नगर प्रमुख लिम्बुको भनाई रहेको छ् । कार्यक्रममा आफ्नो बिचरा राख्दै दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले दोधारा चाँदनी नगर क्षेत्रमा छरिरहेका महिला समुहले बिभिन्न समयमा रचनात्मक कार्य गर्दै आएको बताएका छन् ।

महिला समुहका सदस्यहरुले बिभिन्न अन्तरक्रियामा सहभागी हुने, आयआर्जनको लागी बाख्रा पालन, भैसी पालन तथा कृषी कार्य गरि ब्यक्तीगतरुपमा समेत मनग्य आम्दानी गर्दै गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखकले कार्यक्रममा बताएका छन् । कार्यक्रममा महिला समुहहरुले गरेको अर्धवार्षिक समिक्षा गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा बालबालिका शाखा अन्तर्गत गठन भएको महिला समुहले महिलाहरुको ब्यक्तीगत तथा सामाजमा सकारात्मक कार्य गर्दै आएको सहभागीहरुले बताएका छन् ।

अर्धवार्षिक समिक्षा गोष्ठीमा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगर उपप्रमुख गंगा देबी जोशी, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, महिला तथा बालबालिका शाखाका शाखा प्रमुख डम्मरा लेखक लगाएतको सहभागीता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *