दाेधारा चाँदनी नगरपालिकाले नि:शुल्क स्तन क्यान्सर चेकजाँच शिविर आयोजना गर्दै

कंचनपुर ! दाेधारा चाँदनी नगरपालिकाले बुधवार चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा महिलाहरूका लागि स्तन क्यान्सर चेकजाँच स्वरुप एक दिने नि:शुल्क शिविर आयोजना गर्ने भएको छ। उक्त जानकारी दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बूको सचिवालयले दिएको हो।

नि:शुल्क रुपमा आयोजना गरिएको यो शिविरबाट स्तन क्यान्सर सम्बन्धि समस्यामा रहेका नगरभित्रका महिलाहरुले लाभ लिन सक्ने सचिवालयले जनाएको छ। आफ्नो नगरभित्रका जनताको स्वास्थ्य,शिक्षा लगायतका जनजिविकाका सवालमा सहयोगी बन्दै आएको दोधारा चाँदनी नगरपालिकाले आयोजना गरेको यो नि:शुल्क शिविरबाट उल्लेख्य महिलाहरुले सेवा लिने नगरपालिकाको अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *