प्रजातन्त्र दिवसमा दोधारा चाँदनी नगरपालिकाले आयोजना गर्‍यो वक्तित्वकला कार्यक्रम

काठमाडौं ! ७३ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा कंचनपुरको दोधारा चाँदनी नगरपालिकाले नगरस्तरिय वक्तित्वकला कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रमको उद्घाटन नगरप्रमुख किशोर कुमार लिम्बूले गर्नुभएको थियो।

उक्त प्रतियोगितामा नगरका विभिन्न विद्यालयहरुले भाग लिएका थिए। उक्त प्रतियोगितामा माद्यामिक विद्यालयहरु र आधारभूत विद्यालयहरुले सहभागिता जनाएका थिए। माद्यामिक विद्यालयतर्फ भानु माद्यामिक विद्यालयकी छात्रा बबिता खत्री प्रथम,अम्बिका माद्यामिक विद्यालयकी छात्रा माया ओली दोस्रो र शंकरपार्वती माद्यामिक विद्यालयका छात्र शेखर भट्ट तेस्रो भएका थिए।

त्यसैगरी आधारभूत विद्यालयतर्फ एसियन स्टार आधारभूत विद्यालयकी छात्रा ज्योति भट्ट प्रथम,ध्रुवतारा आधारभूत विद्यालयकी छात्रा नेहा साउँद दोस्रो र पशुपति आधारभूत विद्यालयले तेस्रो स्थान हासिल गरेको थियो।

दोधारा चाँदनी नगरपालिकाले यस्ता महत्त्वपूर्ण दिनहरुमा नगरभित्र विभिन्न कार्यक्रमहरु गर्ने गरेको छ। सोही अनुरुप आज प्रजातन्त्र दिवसको दिनपनि वक्तित्वकला कार्यक्रम आयोजना गरेको हो। सो कार्यक्रममा नगरप्रमुख लिम्बू लगायत नगरपालिकाका कर्मचारीहरुले प्रजातन्त्र प्राप्तिका लागि सहादतप्राप्त गर्नुहुने सम्पूर्ण वीर शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *