कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका पहिलो स्थानमा

काठमाडौं  । कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका पहिलो स्थानमा आएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको आर्थिक वर्ष २०७८÷०७९ को कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदन अनुसार शुक्लाफाँटा नगरपालिका  जिल्लामा पहिलो स्थानमा आएको हो ।
सय अङ्क भारमा शुक्लाफाँटाले ७०.४१२२ प्रतिशत प्राप्त गर्दै जिल्लामा पहिलो  नम्बरमा रहेको छ । यस्तै जिल्लामा रहेका ९ वटा स्थानीय तहमध्ये दोस्रोमा लालझाडी गाउँपालिका बनेको छ ।  उसले  ६६.४२९८ प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै तेस्रोमा बेलडाँडी,चौथोमा पुनर्वास,पाँचौँमा बेलौरी,छैटौँमा भिमदत्त,सातौँमा बेदकोट,आठौँ दोधारा चाँदनी र नवौँमा कृष्णपुर नगरपालिका बनेको छ । उनीहरूले क्रमशः ६४.१८८३, ६१.८३६८,६०.७५३२, ६०.६८८९,४९.२८६३,४८.३५४३,४५.९१४२ प्रतिशत रहेको छ ।
कार्यसम्पादन मूल्याङ्कन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएका थिए ।त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरेर नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्या, बालबालिकाको सङ्ख्या, खोप लगाएका बालबालिकाको सङ्ख्यालगायत शीर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *