काम गरेर जनतालाई स्थानीय सरकारको महसुस गराउंदै केराबारीका अध्यक्ष मिरिङ्गचिङ्ग

काठमाडौं ! गत बैशाखको स्थानीय निर्वाचनपछि जनप्रतिनिधिहरुले आ-आफ्नो सुरमा कामहरु गरिरहेका छन् । देशभरमा हेर्दा कसैले हल्ला गर्दै काम गर्दैछन् भने कसैले आफ्ना चुनावी एजेन्डाहरु हल्ला नगरी जनताले महसुस गर्नेगरी कार्यान्वयन गरिरहेका छन् ।

सभ्यखबर डट कमको टिमले मोरङको केराबारी गाउँपालिकाको निर्वाचन पछिको उपलब्धि जान्न खोज्दा त्यहाँ निर्वाचनका दौरान गरिएका बाचाहरु कार्यान्वयनतर्फ उन्मुख भेटेको छ। नजिकैका धरानका मेयरले सामाजिक संजालमा हल्ला गर्दै काम गर्दै गरिरहेको समयमा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्गचिङ्गले भने चुनचाप आफ्ना एजेन्डाहरुद्वारा जनतालाई प्रत्याभूति दिलाउन तल्लिन देखिएका छन् ।

गत स्थानीय निर्वाचनमा अध्यक्षले आफुले निर्वाचन जिते ६० बर्ष माथिका जेष्ठ नागरिकको घरघरमा गएर स्वास्थ्य चेकजाँच गर्ने प्रतिबद्धता जनाएका थिए,हाल त्यो एजेन्डा कार्यान्वयनमा आइसकेको छ। यस् गाउँपालिकामा ६० बर्ष माथिका जेष्ठ नागरिक र अति अशक्त जनतालाई घरघरमा पुगि स्वास्थ्यकर्मीले चेकजाँच गरिरहेको देखिएको छ।

युवा जोश र सोचले भरिएका अध्यक्ष मिरिङ्गचिङ्गले गाउँपालिकाका जेष्ठ नागरिकहरुको बायोडाटाहरु लिन सुरु गरिसकेका छन् । बायोडाटा लिएसंगै उनीहरुलाई गाउँपालिकाले दिन सक्ने सेवासुबिधाहरु प्रभावकारी बनाइने उनको सोच छ।

उनको योजना अनुरुप सामाजिक सुरक्षाभत्तालाई प्रभावकारी बनाउन घरघरमै पुर्याउने योजना कार्यान्वयन भैसकेको छ। स्वास्थ्य क्षेत्रमा केराबारी पालिका अस्पतालको स्तरोन्नति गरि क्षमता वृद्धि गर्ने कार्य सुरु भैसकेको छ। जनजिविकाका सवालहरुमा खरो रुपमा उत्रीएका अध्यक्ष मिरिङ्गचिङ्गको कामको रफ्तार तारिफयोग्य छ।

अध्यक्ष मिरिङ्गचिङ्गले आफुले पाउने सेवासुबिधाको गाडीलाई समेत गाउँपालिकाको सेवाका लागि एम्बुलेन्स बनाएका छन् । उनले तलबभत्ताहरुपनि गाउँपालिकाका अति विपन्न जनतालाई खाद्यान्न र लत्ताकपडा किन्न खर्च गरेका छन् । उनले शैक्षिक क्षेत्र सुधारका लागि उल्लेख्य योजनाहरु तयार पारेका छन्,जसको कार्यान्वयन हुँदा गाउँपालिकाको शिक्षा स्तरले फड्को मार्नेछ साथै आइटी प्रविधियुक्त गाउपालिका निर्माणका लागि अध्यक्षले योजनाहरु बनाउंदै गरेको बताइएको छ।

जनताका आधारभुत आवस्यकताहरुको परिपुर्ति गर्न खरो रुपले उत्रीएका अध्यक्ष मिरिङ्गचिङ्गका योजनाहरुले आगामी ५ बर्षको कार्याकालमा ठोस परिवर्तन आउने निश्चित छ। उनले बोलेर भन्दा गरेर जनतालाई स्थानीय सरकार भएको महसुस गराउंदै गरेको महसुस भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *