दोधारा चाँदनी नगर खेलकुद समितिको अध्यक्ष पदमा हर्क बहादुर थापा चयन

काठमाण्डौ ! दोधारा चाँदनी नगरपालिका नगर खेलकुद समितिको अध्यक्ष पदमा हर्क बहादुर थापा चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका नगर खेलकुद समितिमा नेपाली सेनाका पुर्व क्याप्टेन हर्क बहादुर थापा चयन भएको दोधारा चाँदनी नगरपालिकाको नगर प्रमुख सचिवालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको नगर प्रमुख सचिवालयको आधिकारीक फेसबुक पेजमा नगर खेलकुद समितिमा हर्क बहादुर थापा चयन भएको बताईएको छ् । हर्क थापा दिग्गज खेलाडीकोरुपमा मानिन्छन् ।

यस्तै उपाध्यक्षमा प्रेम सिंह खड्का, सदस्यहरुमा अशोक बहादु सिंह, कालु बोहरा, शिव सिंह धनाडी, अर्जुन खड्का, प्रेमराज बडु, बिनोद चौधरी, मनबिर सिंह ठकुरी, बखत बहादुर थापा, राम बहादु सुनुवार, खड्क बस्नेत रहेका छन् । दोधारा चाँदनीका दशै वटा वडाका खेलाडी तथा खेलप्रेमीलाई समेटेर नगर खेलकुद समिति गठन गरिएको बताईएको छ् । बिगत लामो समयपछि मात्रै दोधारा चाँदनी नगरपालिकामा नगर खेलकुद बिहिन हुदै आएको थियो ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुको पहलबाट नगर खेलकुद समिति गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *