मेयर लिम्बूको अगुवाइमा दोधारा चाँदनी नगरपालिकाद्वारा न्यानो ब्लाङ्केट वितरण

काठमाडौं ! दोधारा चाँदनी नगरपालिकाले जेष्ठ नागरिकलाई न्यानो ब्लाङ्केट वितरण गरेको छ। जाडो मौसममा विपन्न २० घर परिवारलाई नगरपालिकामा एक कार्यक्रमका बीच शुक्रबार न्यानो ब्लाङ्केट वितरण गरेको हो।

जेष्ठ नागरिकलाई न्यानो ब्लाङ्केट वितरण गर्दै नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बूले आफ्नो सम्पुर्ण ध्यान जनताको जिउधन रक्षाको खातिर रहेको बताउनुभयो। उहाँले आफ्नो कार्यकाल जनताका आधारभुत आवस्यकताहरु शिक्षा,स्वास्थ्य लगायत भैपरिआउने समस्या केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा जेष्ठनागरिकद्वारा नगरपालिकाले आफुहरुलाई सम्मान मात्र नगरेर ज्यान समेत जोगाएको उल्लेख गरेका छन् । दोधारा चाँदनी नगरपालिकाले समयसमयमा विपन्न जनता लक्षित यस्तै विभिन्न राहतका कार्यक्रमहरु गर्दै आएको छ।                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *