दोधारा चाँदनीमा लागु औषध र मानव बेचबिखन विरुद्ध जनचेतना मुलुक कार्यक्रम सम्पन्न

काठमाडौं ! दोधारा चाँदनी नगरपालिकामा मानव बेचबिखन तथा लागुऔषध विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिका ७ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा मानव बेचबिखन तथा लागु औषध विरुद्ध जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

सुदूरपश्चिम महिला जागरण उत्थान संस्थाले दोधारा चाँदनी नगरपालिकाको सहयोगमा माईती नेपाल कञ्चनपुरसित गरी कार्यक्रम गरिएको छ । संस्थाको अध्यक्ष नन्दा खत्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा दोधारा चाँदनी नगरपालिका ९ का वडा अध्यक्ष गोपीलाल कडेंल प्रमुख र ८ का वडा अध्यक्ष ओंम प्रकाश रोकाया विशिष्ठ अतिथि थिए ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कँडेलले मा पछिल्लो समय दोधारा चा“दनी नगरपालिका क्षेत्रमा मानव बेचबिखन तथा लागुऔषधको संख्यामा बृद्धि भईरहेको अवस्थामा न्यूनिकरण गर्न जरुरी रहेको उल्लेख गरे ।

मानव बेचबिखन तथा लागु औषध नियन्त्रणमा सर्वप्रथम अभिभावक नै सचेत र जिम्मेवार हुनु पर्ने उनको भनाई छ । ‘राज्यको एकल पहलले मात्र लागु औषध र मानव वेचविखन नियन्त्रण सम्भव छैन, नागरिक स्तरबाट पहल हुनु पर्ने आवश्यकता छ’ उनले भने, ‘लागुऔषध दुव्र्यसनमा आफु नफस्ने र अरुलाई पनि फस्न नदिने सबै सचेत हुन पर्छ ।’

विशिष्ठि अतिथि रोकायाले एक्लैले मानव बेचबिखन तथा लागुऔषध नियन्त्रण गर्न नसक्ने भन्दै यसमा सवैको साथ सहयोग आवश्यक रहने बताए । उनले सभ्य समाजको निर्माणका निम्ति कार्यक्रम उपलब्धि मुलुक हुने उल्लेख गर्दै प्रहरी र कुनै संघ–संस्थाले एक्लैले समाजमा रहेका विकृति, विसंगती नियन्त्रण गर्न नसक्ने हुँदा यस्ता जघन्य अपराधमा रोक्न सबैको दायित्व रहेकोमा जोड दिए ।

वडा अध्यक्ष रोकायाले विकृति, विसंगति रहित वडा निर्माण गर्न आफ्नो ध्यान केन्द्रित रहेको बताए । ‘हामी दोधारा चा“दनीलाई विकृतिमुक्त बनाउन कटिबद्ध छौं, यसमा सबैको साथ चाहिन्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *