कैलालीको चुरे गाउँपालिकामा जग्गा नापजाँचको अघि बढ्यो तयारी

काठमाडौं ! कैलालीको चुरे गाउँपालिकाले जग्गा नापजाँचको तयारी थालेको छ । गाउँपालिकामा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको तयारी थालेको हो ।

जग्गा नापजाँचको लागि गाउँपालिकाले चुरेको वडा नम्बर ५ खानिडाँडाँबाट आईतबार कन्ट्रोल प्वाईन्ट राख्ने कामको शुरुवात गरेको छ । चुरे गाउँपालिका अध्यक्ष चक्र बोगटीले नापजाँचको लागि वडामा कन्ट्रोल प्वाईन्ट राख्ने कामको उद्घाटन गरेका हुन् ।

कन्ट्रोल प्वाईन्टको आधारमा जग्गा नापजाँच गरिने भएकाले आइतबारबाट  कन्ट्रोल प्वाईन्ट राख्ने कामको शुरुवात गरिएको अध्यक्ष बोगटीले बताए । उनले एक महिनामा सबैवडामा प्वाईन्ट राख्ने काम सकेर माघबाट जग्गा नापजाँच गरिने बताए । जेठ सम्म सबैवडामा सम्पन्न गर्नेगरी माघबाट जग्गा नापजाँचको काम शुरुवात गरिने उनले बताए ।

जग्गा नापजाँचका लागि खटिएको नापी टोलीलाई सघाउन र सहकार्य गर्न चुरेका स्थानियलाई उनले आग्रह गरे । उनले चुरे सबैको सहकार्य र समन्वयकै कारण चुरेमा नापजाँचको काम शुरु गर्न सम्भव भएको बताए । चुरे गाउँपालिकामा ६ ओटा वडा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *