अष्ट्रेलियन राजदूत फेलिसिटी भल्क दोधारा चाँदनी नगरपालिकामा : मेयर लिम्बूद्वारा स्वागत

काठमाडौं ! अष्ट्रेलियन राजदुत फेलिसिटी भल्क र दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी बिच भेटवार्ता भएको छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मानव तस्करी रोकथामको अवस्था बुझ्न आज बिहान अष्ट्रेलियन राजदुत फेलिसिटी भल्क, अष्ट्रेलियन राजदुत कार्यालयका कर्मचारी तथा गाईड कृष्ण कार्की, माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्ट लगाएत टोली दोधारा चाँदनी पुगेका थिए ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष बिक्रम चन्द, पदम रावल, केशव खत्री लगाएतको टोलीले अष्ट्रेलियन राजदुत फेलिसिटी भल्कको टोलीलाई फुलमालाले स्वागत गरेका छन् ।

उनीहरुले दोधारा चाँदनी नगरपालिकामा निमार्णधिन ४ लेनको पक्की पुल, सुख्खाबन्दरगाहको क्षेत्र, महाकाली झोलुङ्गे पुल लगायत क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बूले दोधारा चाँदनी नगरपालिकाकाे भारत संग जोडिएको दुईवटा ठुला प्रान्त उत्तरप्रदेश र उत्तराखण्डको खुला सिमाना र मानव बेचबिखन तथा तस्करीको उच्च जोखिमको रहेको अवस्थाको बारेमा अष्ट्रेलियन राजदुत फेलिसिटी भल्कलाई जानकारी गराएका छन् ।

दोधारा चाँदनी नगरपालिका खुला सिमाना रहेको हुदा मानव तस्करको जोखिम पनि त्यत्तीकै बढ्दै गएकाे मेयर लिम्बुले बताएका छन् । कञ्चनपुरको मुख्य नाकाकोरुपमा रहेको गड्डाचौकी नाका सुरक्षाको दृष्टिकोणले सुरक्षित भएको हुदा मानव तस्करहरुले दोधारा चाँदनीको रुट प्रयोग गर्दै आएको उनले बताए । मानव बेचबिखन तथा ओसारपसार रोक्न दोधारा चाँदनी नगरपालिका कार्यालयले माईती नेपाल कञ्चनपुर संग समन्वय गर्दैको मेयर लिम्बुले बताउदै मानव बेचबिखन तथा ओसारपसार रोक्न स्थानिय सरकारको दायित्व भएको हुदा मानव बेचबिखन तथा ओसार पसार जस्तो जघन्य अपराध रोक्न आफु र आफ्नो टिम कटिबद्ध रहेको बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकामा सुख्खा बन्दरगाह निमार्णसंग नेपालकै सबै भन्दा ठुला नाकाकोरुपमा बिकसित हुने हुंदा आगामी दिनहरुमा मानव तस्करहरुले प्रयोगगर्ने मार्ग बन्ने भएको हुदा यस्तो जघन्य अपराध रोक्न सबै लाग्नु पर्ने दोधारा चाँदनी नगरपालिकामा मेयर लिम्बुले बताए ।

अष्ट्रेलियन राजदुत फेलिसिटी भल्कले मानव बेचबिखन तथा ओसारपसार रोक्न गर्दै आएको कार्यको उच्च प्रशंसा गर्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बू लगायत टिमलाई बिशेष धन्यबाद दिदै दोधारा चाँदनी नगरपालिका क्षेत्र मानव तस्करी तथा ओसारपसार कार्य थप उच्च जोखिममा रहेको बताएका छन् ।

अष्ट्रेलियन राजदुत फेलिसिटी भल्कले आफुबाट दोधारा चाँदनी नगरपालिका क्षेत्रलाई गर्न सक्ने सहयोग सदा रहने बताउंदै उनले नवनिर्वाचित जनप्रतिनिधीकोको कामको उच्च प्रशंसा गरेका छन् । आजै अष्ट्रेलियन राजदुत फेलिसिटी भल्कले दोधारा चाँनी नगरपालिका कार्यालयमा पुगेर मेयर लिम्बु, उपमेयर जोशी संग भेट गरि नगर क्षेत्रको समस्याको बारेमा जानकारी लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *