धनगढी उपमहानगरपालिकाले गर्‍यो सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीलाई सम्मान

धनगढी !  कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई सम्मान गरेको छ । संविधानको मर्म अनुसार समन्वय, सहकार्य र सहअस्थित्व अनुसार धनगढीको विकासलाई सहयोग गरेको भन्दै उपमहानगरको कार्यालयमा नै बुधबार कार्यक्रममा गरी सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, भैतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल र सुदूरपश्चिमको प्रमुख सचिव नारायणप्रकाश दवाडीलाई सम्मान गरेको छ । उनीहरुलाई उपमहानगरका मेयर गोपाल हमाल लगायतको टिमले माला तथा कदर पत्र दिएर सम्मन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *