नगरप्रमुख ढकाल र प्रदेशसभा सदस्य कंडेलद्वारा वीरेन्द्रनगरमा अस्पतालको शिलान्यास

काठमाडौं ! वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल र कर्णाली प्रदेशसभा सदस्य यामलाल कडेंलले सुविधास सम्पन्न अस्पतालको शिलान्यास गर्नुभएको छ । नगरपालिकाले सञ्चालन गरेको नगर अस्पताल परिसरमा महिला र बालकालिकाका लागि पाँच शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको हो ।

ब्याक टु लाइफ संस्थाको ६ करोड रुपैंया सहयोगमा अस्पताल निर्माण सुरु गरिएको छ । १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको नगरप्रमुख ढकालले जानकारी दिनुभयो । भवन निर्माणपछि बाल र स्त्री रोग विशेषज्ञ सहितको टोलीले नियमित उपचार सेवा प्रदान गर्ने ढकालले जानकारी दिनुभयो ।
मेयर ढकालले निर्वाचित हुने वित्तिकै नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्नुभएको थियो । लामो सयम देखि निर्माणको योजनामा रहेको भवन विविध कारणले निर्माण सुरु हुन सकेको थिएन । आफू निर्वाचित भएर आउने वित्तिकै यसका कानुनी र व्यवहारिक समस्या सुल्झाएर ढकालले सो भवन शिलान्यास गर्नुभएको हो । ३१ जेठ २०७९मा शिलान्यास गरिएको गरिएको यो भवनको लागत १० करोड ७१ लाख रुपैंया छ भने २७ महिनामा निर्माण सम्पन्न गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *