प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अपांगता भएका ब्यक्तीहरुको लागी शिविर संचालन हुने

कंचनपुर ! प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अपांगता भएका व्यक्तिहरुको लागि स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको छ । दोधारा चाँदनी नगरपालिका– ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शारिरिक अपांगता भएका ब्यक्तीहरुलाई कृत्रिम हात खुट्टा लगाएत सामग्री बितरण संग स्वास्थ्य परिक्षण गरिने भएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) अन्तर्गत शारिरिक पुनरस्थापना केन्द्र कञ्चनपुरका बरिष्ठ आर्थिक संकलन अधिकृत टेक बहादुर बुढाले जानकारी दिएका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) अन्तर्गत शारिरिक पुनरस्थापना केन्द्र कञ्चनपुरको आयोजनामा आउदो सोमवार एक दिने अपांगता भएका ब्यक्तीहरुको लागी शिविर संचालन हुने भएको बरिष्ठ आर्थिक संकलन अधिकृत बुढाले बताएका छन् । चिकित्सकको सल्लाह अनुसार सामाग्री बितरण कार्यक्रम समेत रहेको बताईएको छ ।

‘दोधारा चाँदनी नगरपालिका कार्यालयको बैठकको निर्णय अनुसार शारिरिक अपांगता भएका ब्यक्तीहरुका लागी कृत्रिम हात खुट्टा लगाएतका सामग्री निमार्ण र बितरण कार्यक्रम संचालन गर्न यस नगरपालिका संग नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले सहकार्य गर्ने निर्णय गरेको र उक्त कार्यक्रमको शिलशिलामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को आयोजना र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्रमा आउदो २६ गतेका दिन अपांगता भएका ब्यक्तीहरुका लागी शिविर संचालन हुने भएकोले सम्बन्धीत सबैको लागी यो जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ्’ दोधारा चाँदनी नगरपालिका कार्यालयले जारी गरेको सुचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *