धनगढी उपमहानगरपालिकाले सुरु गर्‍यो निःशूल्क एम्बुलेन्स सेवा

काठमाडौं ! धनगढी उपमहानगरपालिकाले निःशूल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। मंगलबार एक सूचना जारी गर्दै उपमहानरपालिकाले निःशूल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको बताएको हो।

उपमहानगरपालिका अन्तरगतका सम्पूर्ण वडाहरुमा विरामी तथा सुत्केरीहरुका लागि निःशूल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उपमहानगरद्वारा जारी पत्रमा उल्लेख गरिएको छ। सेवाका लागि उपमहानगरपालिका वा एम्बुलेन्स चालकलाई ९७६५३२२२४५ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *