चुनावी प्रतिबद्धता पूरा गर्दै अध्यक्ष सुमन मिरिङचिङ : गाउँपालिकामा सुरु गरे नि:शुल्क स्वास्थ्य परिक्षण सेवा (फोटोफिचर)

काठमाडौं ! केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले प्रतिबद्धता गरे बमोजिम केराबारी गाउँपालिकाको आयोजनामा “अध्यक्षसंग जेष्ठ नागरिक तथा अशक्त अपाङ्गहरुको नि:शुल्क स्वास्थ्य परिक्षण ” कार्यक्रम आजबाट सुरु भएको छ।

सो कार्यक्रम अन्तरगत गाउँपालिकाका दशेै वडामा जेष्ठ नागरिक तथा अशक्त अपाङ्गहरुको नि:शुल्क स्वास्थ्य परिक्षण सुरु गरिएको छ ।उक्त योजना अन्तरगत सम्बन्धित वडाको स्वास्थ्य संस्था वा वडा कार्यालयले सुचना जारी गरे बमोजिम सबै टोलमा स्वास्थ्यकर्मीहरु उपस्थिति भएर स्वास्थ्य परिक्षण गरिनेछ ।
जेष्ठ नागरिकलाई बार्षिक २ चोटि घरघरमा गएर स्वास्थ्य परिक्षण गरिने र नियमित रुपमा सेवन गर्ने औसधिहरु उपलब्ध गराउने गाउँपालिकाको योजना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *