दोधारा चाँदनीमा पहिलो पटक सुरु भयो अन्तरङ्ग सेवा

काठमाडौं !  कन्चनपुरको दोधारा चाँदनीमा पहिलो पटक अन्तरङ्ग सेवा सुचारु गरिएको छ । दोधारा चाँदनी नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक १० सय्याको अन्तरङ्ग सेवा सुचारु गरिएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिधिवतरुपमा अन्तरङ्ग अर्थात बिरामी भर्ना गरि उपचार गर्ने सेवाको समउद्धघाटन गरेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका प्रमुख शुशिल जोशीले जानकारी दिए ।

उद्धघाटन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, नगर प्रवक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष ओंम बस्नेत, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका प्रमुख शुशिल जोशी, प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर राजेश जोशी, आशिक मंसुर, असित पोखरेल, जयनन्दन शाह लगाएत स्थानिय तथा स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो।

प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर क्षेत्रकै आधुनिक तथा सुविधा सम्पन्न अस्पतालको रुपमा पहिचान बनाउने कार्यहरु अघि बढाईएको दोधारा चाँदनीका नगर प्रवक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष ओंम बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *