ह्विल चेयरको सहारामा विश्व यात्रामा हिँडेका सन्देश रम्तेललाई दोधारा चाँदनीका मेयर लिम्बूद्वारा स्वागत

कंचनपुर ! ह्विल चेयरको सहारामा विश्व यात्रामा हिँडेका एक यात्रीलाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले स्वागत गरेका छन् ।

मेची देखि महाकाली पुगेका विश्व ह्वील चियर यात्री सन्देश रम्तेललाई दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले फुलमाला लगाएर स्वागत गरेका छन् । ईलाममा जन्मेका सन्देश रम्तेल अपांगता भएका व्यक्ति हुन् । उनी विश्वको १ सय भन्दा बढी देश यात्रा गर्ने लक्ष्य लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीको दोधारा चाँदनी पुगेका हुन् ।

ह्वील चियरमा नेपालको राष्ट्रिय झण्डा फहराउदै बिश्व यात्रामा उनि निस्केका छन् । खेम जंग राना उनको सहयोगी रहेका छन् । अपांगता भएका व्यक्तिहरु पनि यो संसार धेरै कुरा गर्न सक्छ भन्ने समेत संदेश दिन समेत उनले यात्रा सुरु गरेका बताएका छन् ।

देशमा भगवान बुद्धको शान्ति फैलिरहोस् भनेर उनले गरेको विश्व ह्वील चियर यात्राको प्रसंसा गरिएको छ् । नेपालको राष्ट्रिय झण्डा सहित भगवान बुद्धको उपदेश बोकर बिश्वभरी शान्तीको सन्देश फैलाउने उनले बताएका छन् ।

भगवान बुद्धको शान्ति, मैत्री र करुणाको सु–सन्देश फैलाउन आफ्नो यात्रा रहेको सन्देश रम्तेलले बताए । ह्विल चेयर सहारामा बिश्व यात्रामा हिडेका यात्री सन्देश रम्तेललाई आजै बिदाई समेत गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमारले बिश्व ह्वील चियर यात्री रम्तेलको उच्च प्रशंसा गर्दै ‘प्रेम शान्ती र मेलमिलापको सन्देश’ बोकेको यात्रामा नेपालीहरुको गर्भ भएको बताएका छन् ।

स्वागत कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चा“दनी नगरपालिका कार्यालयका सुचना डम्मर अवस्थी, योजना अधिकृत भान देब भट्ट, अधिकारकर्मी खिमा चन्द लगाएतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *