कैलारी गाउँपालिकाद्वारा माग्यो बाढी प्रभावित स्थानमा सबैको सहयोग

काठमाडौं ! अविरल वर्षाले डुबानमा परेको कैलालीको कैलारी गाउँपालिकाले सहयोगको लागि सार्वजनिक अपील जारी गरेको छ । बाढी पीडितहरूको पुनःस्थापना, राहतको लागि सो गाउँपालिकाले आइतबार सार्वजनिक अपील जारी गरेको हो ।

गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले हजारौं गाउँपालिका बासीको बाढीले खाद्यान्न, लत्ताकपडा, पशु चौपाया नष्ट भएको बताए । गाउँपालिकाको सीमित स्रोत साधनमार्फत सहयोगको कार्य जारी रहे पनि प्रभावकारी राहत तथा पुनःस्थापनाको लागि सबै सरोकारवाला निकायसमक्ष सहयोगको लागि अपिल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *