बुढानीलकण्ठ नगरपालिकाले सुरु गर्‍यो श्रमिकहरूलाई सूचीकृत गरि परिचयपत्र प्रदान गर्ने कार्य

काठमाडौं ! बुढानीलकण्ठ नगरपालिकाले आजबाट अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सूचीकृत (पञ्जीकृत) गरि परिचयपत्र प्रदान गर्ने कार्यको थालनी गरेको छ । नगरपालिकामा सञ्चालित श्रम डेस्क मार्फत् प्राप्त हुन आएको आवेदनहरू नगरपालिकाको श्रम समितिले अध्ययन,अभिलेखन गरि सूचीकृत गरिएको हो ।

यो व्यवस्थापनले श्रमिक र रोजगारादाता बिच असल श्रम सम्बन्ध स्थापित हुने, श्रम बजार न्यायोचित र मर्यादित हुने, सामाजिक सुरक्षा र श्रमिकको जीवनस्तरमा सकरात्मक प्रभाव पर्ने र समग्र रूपमा असल र सुसंस्कृत सामाजिक, सांस्कृतिक र कानूनी व्यवस्थापनमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने नगरपालिकाकी उपप्रमुख अनिता लामाले बताउनु भयो। यो कार्यक्रममा नगरपालिका मिठाराम अधिकारी,उपप्रमुख अनिता लामा लगायत नगरपालिकाका कर्मचारीहरुको पनि सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *