कैलाली ! महिला हिँसा रोक्नको लागि नगरपालिकाको न्यायिक समितिले आफ्नो क्षेत्र अधिकार भित्र रहेर काम गरेको धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला रानाले बताएकी छन्
।
‘वैबाहिक आधारमा विभेद नगरौ’ भन्ने मुल नाराका साथ लैङ्गिक हिसाको क्षेत्रमा काम गर्ने सेवा प्रदायक निकायसँग अन्तर सम्बाद कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै
उपप्रमुख रानाले महिलाहरुलाई आर्थिक रूपमा कमजोर हुनु , सूचनाको पहुँच नहुनु, शिक्षाको कमीले हिसा बढिरहेको बताइन् । हिँसा न्यूनीकरण गर्नका लागी उपमहानगरपालिकाले आफ्नो स्तरबाट प्रयास गरि रहेको बताउँदै उनले भनिन – ‘न्यायिक समितिमा आउने मुद्दा बढी अहिले सिमाना मिचेको, गाली गलौज,महिला हिसा, घरेलु हिसा आउने गरेको छ ।’ उनले आफुले मिलापत्र गराउने गरेको बताउँदै भनिन -‘फैसला गर्न नसकेको मुद्दा ,फौजदारी मुद्दा लाई सम्बन्धित निकाय जान भन्ने गरेका छौं ।’
मानवधिकारको लागि महिला एकल महिला समूह सुदूरपश्चिम प्रदेश कार्यलय धनगढी र ओरेक नेपालको सयुक्त आयोजना भएको कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी किरण थापाले पछिल्लो समयमा हुने गरेका हिसां कानुनी रुपमा काम कारबाहीको दायरामा गएको बताए । उनले भने -‘वास्तविक दुर दराजमा रहेका महिलाहरु , पिछडिएका ठाउँका महिलाहरु अशिक्षाको कारण अझै संस्कार र सस्कृतिका नाममा महिला हिसां बढी रहेका छन् ।’ जबसम्म महिलाहरु आर्थिक रुपले बलियो हुँदैनन् तब सम्म हिसाका घट्ना न्यूनीकरण हुन समय लाग्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यलय कैलाली प्रबक्ता डि .एस .पि बेदप्रकाश जोशीले कार्यक्रममा बोल्दै महिला हिसाका मुद्दाहरुलाइ आफुले प्राथमिकतामा राखी, महिला बालबालिकाका मुद्दा महिला सेलमा दर्ता निशुल्क रुपमा गरेन गरेको बताए । अहिले केटीकेटी किशोर अवस्थामा नै बिहे गरि दिने, प्रेम गर्ने ,घुम्न जाने , यौन सम्बन्ध राख्ने , पछि घरपरिवारले थाहा पाउने भयमा जबरजस्ती करणी तथा यौन शोषित हुने भन्दै मुद्दा दर्ता गर्न आउने हुदा प्रहरीलाई निकै खोज तथा अनुसन्धान गर्न अफ्ठेरोमा हुने गरेको उनले बताए ।
कैलाली जिल्ला बारका अध्यक्ष सिद्ध राज ओझाले गरिबी ,असह्याय हिसामा परेका महिलाहरुका मुद्दा निशुल्क कानुनी परामर्श गरि दिने बताए । कार्यक्रममा विभिन्न सघं सस्थाका प्रतिनिधि , राजनीति दलका प्रतिनिधि , पत्रकार , सरोकारवाला निकाएहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम को उदेश्य माथी
मानवधिकारको लागि महिला एकल महिला समूहका बेद अवस्थीले प्रकाश पारेकी थिइन् ।