उपमेयर लामाको नेतृत्वमा बूढानिलकण्ठ भित्र बजार अनुगमन तीब्र पारिंदै

काठमाडौं ! बूढानीलकण्ठ नगरपालिकाको बजार अनुगमन टोलिले वडा नं १० निलो पुल स्थित मिलन चोकको न्यु आर पि सप्लायर्समा आज आकस्मिक अनुगमन गरेको छ ।

पसल निरिक्षण गर्दा म्याद नाघेका बिस्कुट १४ प्याकेट, टोमाटो केचप २ लिटर, आलु चिप्स ७ प्याकेट र चामल ३ बोरा जफत गरिएको थियो । जफत भएका सामानहरु नगरपालिकामा ल्याई नष्ट गरिएको बजार अनुगमन सदस्य सचिव एवं राजस्व अधिकृत अच्युत खड्काले जानकारी दिनुभएको छ ।

किराना पसलमा म्याद नाघेका सामान बिक्रि गर्ने गरेको नगरपालिकाको ‘हेलो बूढानीलकण्ठ कक्ष’मा उजुरी परे पश्चात उपमेयर नेतृत्वको बजार अनुगमन टोलि आकस्मिक निरिक्षणमा निस्केको थियो ।

उक्त व्यवसाय सञ्चालकलाई ३ दिन भित्र व्यवसाय व्यवस्थापन गर्न र म्याद नाघेका सामानहरु छुट्टै कक्षमा राख्न उपप्रमुख अनिता लामाले निर्देशन दिनुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकाले हाल बजार अनुगमनलाई प्राथमिकताका साथ कडाई गर्दै आएको छ । व्यवसाय दर्ता नभएको, मापदण्ड विपरित व्यवसाय सञ्चालन गरेको अथवा म्याद नागेका र सडेगलेका सामान बिक्रि गरेको पाईएमा कानुन बमोजिम कारबाहि समेत गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *