यस्ता छन् घोडाघोडी नगरपालिकाका १०० दिने उपलब्धिहरु

कैलाली ! कैलालीको घोडाघोडी नगरपालिकाले १०० दिनको उपलब्धि सार्वजनिक गरेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भई आएका नगर प्रमुख खडक बहादुर रावतले मङ्गलवार एक कार्यक्रमका बिच आफ्नो १०० दिनको ८८ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् ।
नगर प्रमुख रावतले उपलब्धि विवरण सार्वजनिक गर्दै अव्यवस्थित बसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउने कार्यका लागी नगर क्षेत्र भित्र जग्गा नाप नक्सा गर्ने कार्यका लागी प्वाइन्ट राख्ने कार्यको थालनी र अन्य वडाहरूमा क्रमै सँग कामहरू सुचारु अवस्थामा रहेको बताए । नगरपालिकाको कार्यपालिका बैठक घुम्ती सेवाका रुपमा क्रमै सँग वडामा संचालन भएको, आ.व. २०७९/८० को नीति तथा कार्यक्रम र बजेट तयार भई कार्यान्वयनको चरणमा रहेको उनले बताए ।
नगर भित्र रहेका तालतलैयाहरुको बारेमा अध्ययन गरी प्रतिवेदन तयार गर्न विशेष समिति गठन गरी परिचालन, नगरपालिका भित्र भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्न सरोकारवाल सँग अन्तरक्रिया कार्यक्रम, नगर अस्पताल निमार्णकार्य द्रुत रुपमा अगाडी बढेको, नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २७१ जना असहाय टुहुरा बालबालिकाहरूको नगरपालिको अपनत्व ग्रहण गरी निजहरूलाई शैक्षिक सामाग्री वितरण गरेको नगर प्रमुख खडक बहादुर रावतले बताए ।
त्यसै गरी उपलब्धिमा क्षयरोग मुक्त पालिका घोषणका लागी आवश्यक कार्य योजना तयार,पालिका भित्रका होटेल तथा मनोरञ्जनका क्षेत्रहरूको अनुगमन, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गर्ने कामको थालनी, खानेपानी आयोजनाको शिलान्यास,बालबालिका सम्बन्धी ५ वर्षीय रणनीति निमार्ण, ६० जना आदिवासी,जनजाति,महिलाहरूका लागी लोकसेवा तयारी कक्षा संचालन गरीएको बताईएको छ ।
वडा टोल बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण, नागरिक आरोग्य सेवा केन्द्र स्थापना, राजमार्ग क्षेत्रमा ३ वटा सि.सि टिभी क्यामेरा जडान, राजमार्गको सुरक्षाको लागी दंगा प्रहरी बस्ने भवनको निमार्ण कार्य अन्तिम चरणमा, सबै वडामा गर्भवती महिलाहरूको निःशुल्क अल्ट्रासाउन्ड सेवा दिएको नगर प्रमुख खडक बहादुर रावतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *